Welcome to

Om Megashree Pharmaceuticals Limited

” स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प “

Ahead Together...

We strive to make quality medicine accessible to more people.

The leader in innovative healthcare solutions. Our team of experts works tirelessly to bring you the latest in medical breakthroughs, ensuring you receive the best possible care.

/// READ MORE

GMP

Good Manufacturing Practice.

We are a Nepalese pharmaceuticals company with a vision to be a global organization coping with cGMP guidelines and European Standards. We strive to develop and manufacture quality medicines in different doses form to pawn the healthcare challenges of people and reinstate normal life.

  • Quality Management.
  • Sanitation and Hygiene.
  • Building and Facilities.
  • Equipment.
  • Raw Materials.
  • Personnel.
  • Validation and Qualification.
  • Complaints.

अध्यक्षको सन्देश

Dr(h.c) Arjun Kumar Shrestha

स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प भन्ने मूल नाराका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स सामूहिक लगानी भएको बृहत् योजनासहितको उद्योग हो । मेरो व्यावसायिक यात्राको प्रारम्भ नै औषधि व्यवसायबाट भयो । यसमा मसँगै अधिकांश प्रबन्धकको पनि लामो समयसम्मको औषधि व्यवसायका अनुभव
जोडिएका छन् । पर्वत र म्याग्दीको भूमिबाट विस्तारित औषधि व्यवसायले जन्माएको ओम मेगाश्री फर्मास्युटिकल्स मेरो जीवनको स्वप्न योजना हो; जसलाई मैले डोका र डोलाबाट प्राप्त आशीर्वादका रूपमा लिएको छु ।

मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्नु तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई हामीले हाम्रो
प्रमुख दायित्व ठानेका छौँ । हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । हालसम्म सरकारी तवरबाट न्यून उपस्थिति रहे तापनि निजी क्षेत्रबाट औषधि उत्पादन र प्रवर्धनमा विशेष भूमिका रहिआएको छ । यसै परिदृश्यमा देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ ।  यसर्थ यस उद्योगले उक्त परिकल्पनालाई यथार्थमा परिणत गर्न औषधि व्यवसायकै इतिहासमा पहिलो पटक आइपियोमार्फत सर्वसाधारणको लगानी
सुनिश्चित गर्न लागिरहेको छ । जसले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी बेरोजगार जनशक्तिको उचित व्यवस्थापन गर्ने छ ।

मैले दुई दशक लामो समय युरोपेली भूमिमा विभिन्न व्यवसायको नेतृत्व गरेर बिताएँ । एनआरएनएको केन्द्रीय नेतृत्व र त्यससम्बद्ध विभिन्न क्षेत्रसँग आबद्ध हुँदै गर्दा मलाई मेरो मातृभूमिको सम्झनाले बारम्बार झस्काइरह्यो । फलतः आफ्नै माटोमा व्यावसायिक यात्रालाई फैलाउने अभिप्रायले ओम मेगाश्रीलाई मूर्त रूप दिन मन, वचन र कर्मले एकबद्ध हुन पुगेँ । युरोपेली भूमिमा सफल व्यवसायीका रूपमा स्थापित भइसकेको व्यक्ति ती सबै कुरालाई पन्छाएर पुनः नयाँ कोणबाट व्यावसायिक जीवन प्रारम्भ गर्नु सहज थिएन । यद्यपि मातृभूमिले दिएको अपनत्व, लगानीकर्ताको सौहार्दपूर्ण साथ–सहयोग, सामूहिक प्रतिबद्धता, निर्णय, धीरता, इमानदारी र उत्तरदायित्वबोध; यी सबै संस्था स्थापनाका ऊर्जा बनेका छन् ।

विश्वको बदलिँदो परिदृश्य र प्रविधिको विकासलाई आत्मसात् गर्दै समयको पदचापमा हिँड्न उद्योग सदैव क्रियाशील रहिरहने छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगले गुणस्तरको सुनिश्चितता गर्दै यसले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ चुस्त एवम् दुरुस्त राख्ने सन्दर्भमा हामी सचेत छौँ । औषधि आयातलाई प्रतिस्थापन गर्दै देशभित्रको औषधि आवश्यकतालाई परिपूर्ति गर्न टेवा पुर्‍याउने, रोजगारी सिर्जना गर्ने, औषधि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन तथा वितरणमा प्रोत्साहन गर्ने र समग्र राष्ट्रको आर्थिक समृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यलाई संस्थाले सदैव आत्मसात् गर्दै जाने छ ।

स्वास्थ्य सेवा जटिल बन्दै गइरहेको वर्तमान परिप्रेक्ष्यलाई हृदयङ्गम गर्दै सोको न्यूनीकरण गर्न प्रत्यक्ष जनसरोकारलाई सम्बोधन गर्ने हेतुले संस्थाले गुणस्तरीय र सर्वसुलभ औषधि उत्पादनलाई जोड दिँदै आएको छ । यसलाई उपभोक्ता तथा सरोकारवालाबाट प्राप्त सल्लाह–सुझावलाई ग्रहण गर्दै थप चुस्त एवम् दुरुस्त गराउन संस्था सदैव प्रतिबद्ध छ र रहने छ । हाम्रा सबै भौतिक संरचनाहरू, औषधि उद्योगमा जडान गरिएका सबै उपकरणहरू तथा अन्य आवश्यक औजारहरू WHO GMP Guideline अनुसारका छन् । हामी EU GMP का लागि युरोपियन विज्ञहरूसँग निरन्तर सम्पर्क र छलफलमा छौँ । सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूसँगको निरन्तर छलफल, सल्लाह-सुझाव र उहाँहरूको पेसागत उपस्थितिलाई उच्च सम्मान गर्दै बजारको उचित व्यवस्थापनमा हामी एक भएर अघि बढिरहने छौँ ।

अतः ओम मेगाश्री फर्मास्युटिकल्स समग्रमा सामूहिक लगानी को विश्वसनीय प्रतिफल हो; विश्वास र निरन्तरतासहितको सहकार्य हो । यसमा यहाँहरूको निरन्त साथ-सहयोग र रचनात्मक सुझाव प्राप्त भइरहने छ भन्नेमा हामी विश्वस्त छौँ ।

At a glance

8+

Years of Experience

50+

Dedicated Team

50+

Product License

ISO certified: